PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

रुकुम पश्चिममा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबिच झडप, ५ जना घाइते



पहिलोपोस्ट

रुकुम पश्चिममा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबिच झडप, ५ जना घाइते

सुर्खेत : रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका ९ नुवाकोटमा भएको झडपमा ६ जना कांग्रेस निकट कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी विष्णु सोतीले जानकारी दिए।

प्रहरीका अनुसार निर्वाचन प्रचारप्रसार गर्न गइरहेका कांग्रेस त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अम्मरसिंह खड्का सहितको समूहमाथि वाइसीएल कार्यकर्ताले आक्रमण गरेका हुन्।

आक्रमणमा परी कांग्रेस कार्यकर्ता त्रिवेणी गाउँपालिकाका कृष्ण पुन, वीरबहादुर ओली, अर्का वीरबहादुर ओली, दुर्गाबहादुर ओली, चन्द्रबहादुर खड्का घाइते भएका छन्। घाइते सबै जनाको जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भइरहेको प्रहरीको भनाइ छ।

झडपको क्रममा नुवाकोट प्रहरी चौकीमा समेत तोडफोड हुँदा क्षति पुगेको डीएसपी सोतीको भनाइ छ। उनका अनुसार कांग्रेस कार्यकर्ता सुरक्षाका लागि प्रहरी चौकीभित्र पसेको र आक्रोशित बनेका माओवादी केन्द्रका कार्यकर्ताले जवरजस्ती चौकीभित्रै गएर कुटपिट गर्न खोज्दा चौकीमा क्षती पुगेको हो।

त्यस्तै, अध्यक्ष पदका उम्मेदवार सवार रा १ च १२६२ नम्बरको जिप समेत तोडफोड भएका छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell