PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

हैदराबादमाथि दिल्लीको जित



पहिलोपोस्ट

हैदराबादमाथि दिल्लीको जित
तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा दिल्लीले हैदराबादमाथि २१ रनको जित जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०७ रनको ठूलो स्कोर खडा गरेको थियो। ओपनर मन्दीप सिंहलाई शुन्य रनमै गुमाएको दिल्लीका लागि डेभिड वार्नरले सानदार पारि खेल्दै सर्वाधिक अविजित ९२ रन बनाउँदा रोभमन पावेलले आक्रामक ब्याटिङ गर्दै ६७ रनमा अविजित रहे। त्यस्तै कप्तान ऋषभ पन्तले २६ र मिचेल मार्सले १० रन बनाए।

बलिङतर्फ हैदराबादका भुवनेश्वर कुमार, सिएन अब्बोट र श्रेयय गोपालले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद ८ विकेट गुमाएर १८६ रनमा समेटियो। हैदराबादका लागि निकोलस पुरनले सर्वाधिक ६२ रन बनाउँदा अइडन मारक्रमले ४२, राहुल त्रिपाठीले २२ तथा शसाङ्क सिंहले १० रन बनाए।

हैदराबादलाई लक्ष्यसम्म पुग्न नदिन खलिल अहमेदले सर्वाधिक ३ विकेट लिँदा सार्दुल ठाकुरले २ विकेट लिए। त्यस्तै एनरिच नोर्किया, मिचेल मार्स र कुलदीप यादवले समान १ विकेट लिए।

जितसँगै समान १० खेलबाट १० अंक जोडेका दिल्ली र हैदराबाद अंकतालिकाको पाँचौं र छैटौं स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell