PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

आचार संहितालाई यसरी मिचिरहेका छन् राजनीतिक दलका नेता-कार्यकर्ताले



पी बी खड्का

आचार संहितालाई यसरी मिचिरहेका छन् राजनीतिक दलका नेता-कार्यकर्ताले

सुर्खेत : स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा आचार संहिता उल्लंघनका घटनाहरु समेत बढ्दै गएको छ। प्रमुख राजनीतिक दलले निर्वाचनका क्रममा कुनै पनि आचार संहिता उल्लंघनका गतिविधि नगर्ने प्रतिवद्धता जनाए पनि पछिल्लो समय त्यस्ता घटना बढिरहेको देखिन्छ।

प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना दलहरुले निर्वाचन आचार संहित विपरीत गतिविधि गरिरहेका छन्।

निर्वाचनको प्रचार प्रसारका क्रममा बाजागाजा सहित र्‍याली, बालबालिकाको प्रयोग, गाडीमा तोकिए भन्दा ठूला साइजका झण्डा, दोबाटोमा झण्डा टाँग्ने, हर्न स्पिकरको प्रयोग जस्ता तामझामका कार्य भइरहेका छन्।

प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट लगायतका स्थानीय तहमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले विशेष गरी स्कुले बालबालिकालाई झण्डा सहित निर्वाचन प्रचार प्रसारमा सहभागी गराएका छन्।

त्यस्तै, विभिन्न विद्यालयका शिक्षक र कर्मचारी सामाजिक सञ्जालमा पार्टीलाई भोट माग्ने देखि भौतिक रुपमा समेत निर्वाचन प्रचार प्रसार मात्रै नभई घर दैलोमा उम्मेदवारलाई भोट माग्न तल्लिन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell