PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सत्ता गठबन्धनले काठमाडौँमा आज चुनावी सभा गर्दै



रासस

सत्ता गठबन्धनले काठमाडौँमा आज चुनावी सभा गर्दै

काठमाडौं: पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी आमसभा गर्दैछ। आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नेछन्।

सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सवुज)ले जानकारी दिए।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन्। निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell