PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’ सँग भिड्दै नेपाली डेब्यू निर्देशकहरु



पहिलोपोस्ट

हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’ सँग भिड्दै नेपाली डेब्यू निर्देशकहरु

काठमाडौं : आज शुक्रवारबाट दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’ प्रदर्शनमा आएका हुन्।

फिल्म ‘लक्का जवान’ हाँस्यकलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन्। पौडेलले यसै फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका हुन्। फिल्ममा किरण केसी, दिलीप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्माता छन्। फिल्ममा किरण केसी, दिलीप रायमाझी, शिवहरी पौडेल, वर्षा सिवाकोटी, प्रियंका कार्की, मदनकृष्ण श्रेष्ठ, जयन्द लामा, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’ मिलन डि काप्रीको निर्देशन रहेको छ। काप्रीले पनि ‘षट्कोण’मार्फत निर्देशनमा डेब्यू गरेका हुन्। फिल्ममा कार्म शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ।

त्यसैगरी, हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ पनि प्रदर्शनमा आएको छ। काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो सिरिजको कथावस्तु हो। साम रेइमी निर्देशित यस फिल्ममा बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेन लगायतका कलाकारहरूको अभिनय छ।

तर, ‘डक्टर स्ट्रेन्ज-२’को तुलनामा दुई नेपाली फिल्मले नेपाली मल्टिप्लेक्स हलमा न्यून शो पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell