PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

भारतमा कोरोना : थपिए ३५४५ जना कोरोना संक्रमित



पहिलोपोस्ट

भारतमा कोरोना : थपिए ३५४५ जना कोरोना संक्रमित
Photo : Getty Images

भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ४ लाख ६५ हजारभन्दा बढीको परीक्षण गर्दा ३ हजार ५४५ जनामा संक्रमण देखिएको हो।

पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढिरहेको छ। त्यहाँको स्वास्थ्यय मन्त्रालयले कोरोनाको चौथौ लहर फैलिन नदिन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।

हाल भारतमा १९ हजार ६८८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

यस्तै, संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा कोरोनाका कारण ५ लाख २४ हजार २ जनाको मृत्यु भइसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell