PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

फितलो ब्याटिङ गरेको नेपाल १ सय ३६ रनमै समेटियो



पहिलोपोस्ट

फितलो ब्याटिङ गरेको नेपाल १ सय ३६ रनमै समेटियो
Photo: CAN

काठमाडौं : नेपाल र जिम्बावे 'ए'बिचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाली टोलीले कमजोर सुरुवात गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोली ३१.३ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा करण केसीले २५ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले १९ तथा दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए। त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपाललाई सानो स्कोरमै समेट्न जिम्बावेका ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिँदा भिक्टर न्याउची, ब्रान्डोन मभुता र केपहस झुवाओले समान २ विकेट लिए।

जिम्बावे केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell