PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आफ्नै बुवा र आमाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ



पहिलोपोस्ट

आफ्नै बुवा र आमाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

ताप्लेजुङ : आफ्नै बुवा र आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेका छन्। लिम्बुलाई प्रहरीले बिहीवार साँझ पक्राउ गरेको हो।

उनले आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।

उनले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरी टोलीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell