PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

बैशाख ३० गते आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय उडानका यात्रुलाई यस्तो छ व्यवस्था



पहिलोपोस्ट

बैशाख ३० गते आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय उडानका यात्रुलाई यस्तो छ व्यवस्था
FILE PHOTO

काठमाडौं : सरकारले स्थानीय तह निर्वाचन हुने बैशाख ३० गते आन्तरिक तर्फका सबै उडान बन्द गर्ने भएको छ। सो दिन आन्तरिक उडान बन्द गरिए पनि अन्तर्राष्ट्रिय तर्फका उडान भने खुला नै रहने छन्।

अन्तर्राष्ट्रिय उडान तर्फका यात्रुलाई पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमन सहजीकरण गरिने जनाइएको छ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतदान गर्ने दिनको सवारी आवागमन व्यवस्थापन मापदण्ड जारी गर्दै उक्त निर्णय व्यवस्था गरेको हो। यसको व्यवस्थापनको जिम्मा जिल्ला प्रशासन अधिकारीलाई दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell