
बुटवल : बुटवलमा सत्तारुढ गठबन्धनले भोली (शनिबार) चुनावी सभा गर्ने भएको छ। बुटवलको देवीनगर चौपारीमा आयोजना हुने नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सचिव प्रजापाल गिरीले जानकारी दिए।
गठबन्धन अहिले चुनावी सभामा केन्द्रीत छ। चुनावी एकतालाई प्रदर्शन गर्न सातै प्रदेशमा गठबन्धनले सभा गरिरहेको छ।
पाँच दलीय गठबन्धनले आयोजना गर्ने यो कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री बालकृष्ण खाण, माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश प्रमुख बोमबहादुर खत्री, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी लगायतका नेताहरुले सम्बोधन गर्नेछन्।
बिहान १० बजेबाट कार्यक्रम सुरु हुने भनिएको छ। उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकता, भातृ तथा शुभेच्छुक संघसंस्था बोलाइएको छ। यो कार्यक्रममा एक लाख बढीको सहभागिता हुने अपेक्षा गरिएको सचिव गिरीले बताए।