PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

जनतासँग याचना नगरी ओलीलाई मत माग्ने नैतिक अधिकार छैन : गगन थापा



पहिलोपोस्ट

जनतासँग याचना नगरी ओलीलाई मत माग्ने नैतिक अधिकार छैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनतासँग मत माग्ने नैतिक अधिकार नभएको बताएका छन्। शुक्रवार काठमाडौंको नयाँ बानेश्वरमा कांग्रेसको संकल्पपत्रबारे बहस कार्यक्रममा महामन्त्री थापाले उक्त भनाई राखेका हुन्।

 ‘पाँच वर्षमा एकपटक जनताको बिचमा उभिएर पाँच वर्षको म्यान्डेड पाएको थियो मैले चलाउन सकिनँ, त्यसको लागि मलाई क्षमा देउ। मैले पाँच वर्ष संसद चलाउनु पर्ने संसद चलाउन सकिनँ,’ थापाले भने, ‘मैले चलाउन सकिनँ मलाई क्षमा देउ। क्षमा मागेर, माफीको याचना नगरीकन मत माग्ने  नैतिक अधिकार पनि छैन भन्ने हाम्रो ठम्याइ हो।’

कम्युनिस्ट फुटका कारण कांग्रेस सत्तामा रहेको उल्लेख गर्दै उनले खेर गएको पाँच वर्षको जिम्मा एमाले अध्यक्षले लिनुपर्ने बताएका हुन्। ‘पाँच वर्ष खेर फाल्नेले किन खेर फालेको भन्ने जवाफ नदिइकन पाँच वर्षको लागि माफी नमागीकन आज मञ्चमा उभिएर नेकपा एमालेको नेता सबै घटकहरुले मुलत नेपाल कम्युनिस्ट पार्टीभित्रको आजको अध्यक्ष जसले जिम्मा लिनुपर्छ,’ उनले भने।

कांग्रेसको संकल्पपत्रमा १६ भन्दा बढी पृष्ठमा खेर गएको पाँच वर्ष शीर्षकमा नेकपा सरकार र एमाले अध्यक्ष ओलीको आलोचना गरिएको छ। उक्त विषयमा एमाले अध्यक्ष ओलीले  कांग्रेसप्रति रोष प्रकट गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell