PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

इलोन मस्क ट्वीटरको अस्थायी सीईओ बन्न सक्ने



पहिलोपोस्ट

इलोन मस्क ट्वीटरको अस्थायी सीईओ बन्न सक्ने
Photo : Adweek

काठमाडौं : इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेसँगै आफैँ कम्पनीको अस्थायी सीईओ बन्न सक्ने अपेक्षा गरिएको छ

टेस्लाका सीईओसँगै मस्क ‘द बोरिङ कम्पनी’ र ‘स्पेस एक्स’का मालिक हुन्। बिहीवार टेस्लाको सेयर मूल्य आठ प्रतिशतले घटेको छ। टेस्लाका लगानीकर्ताहरु मस्क ट्वीटरतर्फ आकर्षिक हुँदा टेस्लालाई हेरविचार गर्न सहज नहुने भन्दै चिन्तित छन्।

सँगै, ट्वीटरको सेयर मूल्य भने चार प्रतिशतले बढेर प्रतिकित्ता ५०.८९ डलर पुगेको छ। मस्कले प्रतिकित्ता ५४.२० डलरमा ट्वीटर किनेका थिए।

ट्वीटरका वर्तमान सीईओ पराग अग्रवाल भने ट्वीटर मस्कलाई हस्तान्तरण हुने अन्तिम क्षणसम्मै कायम रहने छन्। बिहीवारयता केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मस्क ट्वीटरको अन्तरिम सीईओ बन्ने योजनामा रहेको समाचार लेखेका छन्।

मस्कले ट्वीटर खरिदसम्बन्धि सम्झौता भाँडे एक अर्ब अमेरिकी डलर तिर्नुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell