PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

भरुवा बन्दुकसहित पर्सामा एक जना पक्राउ



रासस

भरुवा बन्दुकसहित पर्सामा एक जना पक्राउ

वीरगंज : भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवाप्रसौनी-१ औराहाका २७ वर्षीय सल्टु महतो रहेका छन्।

प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका-१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए।

सखुवाप्रसौनी गाउँपालिका-१ औराहास्थित जङ्गल छेउ रहेको स्थानीय मंगल बहादुर ब्लोनको घर लक्षित गरी बिहीवार राति महतोले बन्दुकबाट तीन राउण्ड गोली प्रहार गरेको प्रहरीको आरोप छ। गोली प्रहार गर्नुको यकीन कारण खुल्न नसके पनि चुनावमा स्थानीयवासीलाई त्रसित पार्न र व्यक्तिगत रिसिइबीका कारण महतोले गोली चलाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

महतोले प्रहार गरेको गोलीको टुक्रा ब्लोनको घरको बाँसको टाटी छेडेर घरभित्र रहेको चामलको बोरामा भेटिएको थियो। पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell