PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

चीनमा हुने भनिएको एसियन गेम्स स्थगित, तय भएको छैन नयाँ मिति



पहिलोपोस्ट

चीनमा हुने भनिएको एसियन गेम्स स्थगित, तय भएको छैन नयाँ मिति

चीनको हाङ्जाउमा हुने भनिएको १९ औं एसियन गेम्स स्थगित भएको छ। एसियाली ओलम्पिक काउन्सिलले प्रतियोगिता स्थगित भएको जनाएको हो।

चिनियाँ ओलम्पिक कमिटी र हाङजाउ एसियन गेम्स आयोजक कमिटी तथा एसियाली ओलम्पिक काउन्सिलको कार्यकारी समितिको छलफल पछि शुक्रवार १९ औं एसियाली खेलकुद प्रतियोगिता स्थगन गर्ने निर्णय भएको हो।

चीनको हाङजाउमा १९ देखि २५ सेप्टेम्बरमा प्रतियोगिताहरु हुने तय थियो। प्रतियोगिता कहिले हुने भन्ने बारे कुनै टुंगो भने लागिसकेको छैन।

एसियाली ओलम्पिक काउन्सिल, चिनियाँ ओलम्पिक कमिटी र हाङजाउ एसियन गेम्स आयोजक कमिटीले निकट भविष्यमा नै नयाँ मिति तय हुने जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell