PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

शाक्यले केही गर्न सकेनन्, अब हामी काठमाडौं बनाउँछौं : रामेश्वर श्रेष्ठ



पहिलोपोस्ट

शाक्यले केही गर्न सकेनन्, अब हामी काठमाडौं बनाउँछौं : रामेश्वर श्रेष्ठ

काठमाडौं : सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख उम्मेदवार रामेश्वर श्रेष्ठले आफूहरुको जित सुनिश्चित भएको बताएका छन्।

आज शान्ति बाटिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले महानगरमा गठबन्धनको माहोल बनेको दाबी गरे।

‘गठबन्धनको माहोल अहंकारी र स्वेछारी प्रवृत्तिका कारण आएको छ। गठबन्धनको माहोल महानगरमा देखिएको छ। हामीले हाम्रो एजेन्डा पेश गरेका छौं। हाम्रो जित सुनिश्चित छ,’ श्रेष्ठले भने।

नेकपा एकीकृत समाजवादीका महानगर कमिटी अध्यक्ष समेत रहेका श्रेष्ठले नेकपा एमालेबाट गएको निर्वाचनमा निर्वाचित विद्यासुन्दर शाक्यको कार्यकालमा सुशासन नभएको आक्षेप लगाए। आफूहरु जितेर आएमा सुशासन काम गर्ने र महानगरलाई भ्रष्टाचार मुक्त गर्ने उनको दावी रह्यो।

उनले महानगरमा फोहोरको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्नेमा जोड दिए।

काठमाडौंको भित्री शहरमा रहेको सम्पदाको जगेर्ना गर्नु महानगरको कर्तव्य भएको भन्दै उनले शाक्यले त्यस्तो गर्न नसकेको आरोप लगाए।

‘त्यहाँको भाषा, संस्कृति हामीले संरक्षण गर्न सक्नुपर्छ। हामी सांस्कृतिक रुपम सम्पन्न छौं। त्यसलाई हामीले चिन्नुपर्छ,’ उनले भने।

उनले महानगरभित्र रहेका जेष्ठ नागरिकलाई भत्ता दिने गरको भन्दै अब जेष्ठ नागरिक मिलन केन्द्र बनाउन चाहेको बताए। यस्तै, ट्राफिक जाम हटाउने देखि महानगरलाई लिएर उनले आयोजनाहरु सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell