PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फिल्म ‘के घर के डेरा’को शुभमुहूर्त, चुनावका कारण जेठ २ गतेबाट फिल्मको छायाङ्कन सुरु हुने



पहिलोपोस्ट

फिल्म ‘के घर के डेरा’को शुभमुहूर्त, चुनावका कारण जेठ २ गतेबाट फिल्मको छायाङ्कन सुरु हुने

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को शुभमुहूर्त गरिएको छ। स्वयम्भुस्थित हारती माता मन्दिरमा फिल्मको शुभमुहूर्तसँगै एक दृश्य पनि छायाङ्कन गरिएको छ।

अहिले शुभमुहूर्त गरिएपनि चुनावका कारण फिल्मको नियमित छायाङ्कन जेठ २ गतेबाट मात्रै गरिने निर्देशक खनालले जानकारी दिए। ३० दिनको  सेड्युल राखिएको फिल्मको सम्पूर्ण छायाङ्कन काठमाडौं उपत्यकामा गरिनेछ।

कमेडी तथा सोसल जनरामा निर्माण हुने फिल्मको कथा सिंगे लामाले लेखेका हुन्। त्यसैगरी, फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell