PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

काठमाडौंलाई महान् घर बनाउने हो : सिर्जना सिंह



पहिलोपोस्ट

काठमाडौंलाई महान् घर बनाउने हो : सिर्जना सिंह

काठमाडौं : सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगर प्रमुख उम्मेदवार सिर्जना सिंहले आफूहरुले जितिसकेको दाबी गरेकी छिन्। रत्नपार्क शान्ति बाटिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दे उनले आफूलाई पार्टीले मौका दिएको भन्दै आफ्नो उम्मेदवारी महिला आन्दोलनको जित भएको बताइन्।

उनले महानगरलाई महान् घर बनाउने वाचा समेत गरिन्। ७७ जिल्लाबाट मानिसहर यहाँ आउने भन्दै उनले सबैलाई समान अवसर दिने व्यवस्था गर्ने समेत बताइन्।

महानगरलाई लिएर आफूले सात संकल्प तयार पारेको भन्दै उनले महानगर प्रमुखमा निर्वाचित भए सुशासन र  भ्रष्टाचार मुक्त शहर निर्माण गर्ने आफ्नो प्राथमिकतामा रहने बताइन्। 

रातमा समेत महानगर खोल्ने गरी योजना बनाउने उनले बताइन्। आफू पात्र मात्र भएको भन्दै उनले विज्ञहरुसँगको छलफलमा काम अघि बढाउने उनले बताइन्। 

सम्बोधनका क्रममा उनले काठमाडौंको फोहोर, ट्राफिक जाम, नदी, ढल, शिक्षा, स्वास्थ्य लगायतका योजनाहरु सुनाइन्।  महिला र जेष्ठ नागरिकको पीडा आफूले बुझेको भन्दै उनले विधुर पुरुषलाई विशेष राहत  दिने समेत बताइन्। 

३२ वटामा कोसेली घर बनाएर महिलाले बनाएका उत्पादन बिक्री गर्न महानगरले सहजीकरण गराउने उनले बताइन्। 

युवाहरुले देशमा ठूला आन्दोलन गरेको र आफ्नो युवा उमेर समेत आन्दोलनमा होमिएको स्मरण गर्दे उनले अब युवाहरुलाई परिचालन गरेर उद्यमी बनाउने समेत बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell