PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

जित्नु हार्नु ठुलो कुरा होइन, जनताले जनप्रतिनिधि छान्न पाउनुपर्छ : चित्रबहादुर केसी



पहिलोपोस्ट

जित्नु हार्नु ठुलो कुरा होइन, जनताले जनप्रतिनिधि छान्न पाउनुपर्छ : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तह निर्वाचन गराएर गठबन्धनले हिम्मत गरेको बताएका छन्। आज राजधानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचन नहुने हो कि भन्ने संदेह मेटिएको बताएका हुन्।

‘निर्वाचन एक हप्ता बांकी छ। हुन्न कि भन्ने डर लागिरहेको थियो। कसले जित्छ हार्छु भन्ने ठूलो होइन। जनताबाट चुनिएका जनप्रतिनिधिबाट शासित हुनुपाउनुपर्छ’ उनले भने।

राष्ट्रिय जनमोर्चा कांग्रेससँग मिलेर सिधियो भनेर प्रचार गरिएको भन्दै उनले आपत्ति जनाए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको प्रतिगमनको विरुद्ध गठबन्धन बनेको उनले बताए।

'गठबन्धन भन्दा प्रतिगमन बलियो छ,' उनले भने।

गठबन्धनमा रहेरै आफूहरुले एमसीसीको विरोध गरेको भन्दै अहिले निर्वाचनमा पनि आफूहरुले जित्न सक्ने जस्तो लागेको पालिकामा भाग लिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell