PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

रामचन्द्रले सम्झे पीएल सिंह र कृष्णप्रसाद, ‘काठमाडौंमा श्वास फेर्न गाह्रो भइसक्यो’



पहिलोपोस्ट

रामचन्द्रले सम्झे पीएल सिंह र कृष्णप्रसाद, ‘काठमाडौंमा श्वास फेर्न गाह्रो भइसक्यो’

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा फोहोर व्यवस्थापन र खानेपानीको समस्या समाधान गर्न नसकेकोमा राजनीतिक नेतृत्व गर्नेहरुले जिम्मेवारी लिनुपर्ने बताएका छन्।

आज राजधानीको शान्तिबाटिकामा आयोजित चुनावी सभामा उनले डम्पिङ साइट र खानेपानीको समस्या ३० वर्ष अघि नै देखिएको भए पनि अहिले सम्म पूरा हुन नसकेको बताए।

’३० वर्ष भयो हामीले सुरु गरेको तर पछिका नेतृत्व गर्नेहरुले समस्या समाधान गर्न सकेनन। नेतृत्व गर्नेहरुको नालायकी, लज्जास्पद कुरा यही हो’ उनले भने।

फोहोर व्यवस्थापनका लागि ३० वर्ष अघि पिएलसिंहलेले बन्चरे डाँडा खोजेको तर त्यो पूरा हुन नसकेको उनले बताए। साथै कृष्णप्रसाद भट्टराईले मेलम्चीको सपना देखेको उनले स्मरण गरे। अहिले खानेपानी पुर्‍याउने सपना पूरा हुँदै गरेको उनले बताए। फोहोर व्यवस्थापनका लागि उनले प्रशोधन केन्द्रको आवश्यक्ता रहेको बताए। साथै, खुल्ला पार्क बनाउन समेत उनले जोड दिए।

‘काठमाडौंमा श्वास फेर्न गाह्रो भइसक्यो। उम्मेदवारहरुले धेरै कुरा भने, भनेको एउटा कुरामात्रै पूरा गर्‍यो भने गुण लाग्छ। त्यसो भयो भने सुशासन र भ्रष्टाचार मुक्त बनाउनुस्’ उनले भने।

सत्तारुढ गठबन्धन संविधान बचाउन बनेको उनले बताए। राजनीतिक स्थिरताकै लागि यो गठबन्धन कायम हुनुपर्ने उनको मत थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्तव्यस्त बनाउने प्रयास भएको उनको आरोप थियो। 

'एउटा पार्टीले अर्काको चुनाव चिह्नमा छाप लगाउँदैन भने गठबन्धनलाई कमजोर बनाउने प्रयास भएको छ। गठबन्धनलाई कमजोर पारेर अस्थिरतालाई बलियो बनाउने काम भइरहेको छ। गठबन्धनलाई बलियो बनाएर लगौं' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell