PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले गरे पार्टी परित्याग



पहिलोपोस्ट

राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले गरे पार्टी परित्याग

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टी स्थापना कालदेखि ३२ वर्ष राप्रपामा रहेका नेता अधिकारीले पार्टीमा अपमानित, अपहेलित भएर बस्न नसकिने भन्दै पार्टी छाडेका हुन्।

राप्रपाको केन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समिति सदस्य, वाग्मती प्रदेशको उपाध्यक्षको भूमिकामा रहेका नेता अधिकारीले पार्टीको मकवानपुर जिल्ला सभापतिको भूमिका निर्वाह गरेका थिए। निर्वाचित वडा अध्यक्षदेखि हेटौँडा नगरपालिकाको मेयरसम्म भई आफ्नो दायित्व निर्वाह गरेका अधिकारी पछिल्लो समय राप्रपालाई एकताबद्घ बनाउने अभियानमा समेत सक्रिय रहेका थिए।

अधिकारीले राप्रपालाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गर्न तल्लो तहमा नै बसेर अनवरत रुपमा रगत पसिना बगाउँदा पनि पार्टीमा मूल्याङ्कन नभएको गुनासो गरेका छन्।

नेता अधिकारीले कठिन, असहज र चुनौतीपूर्ण अवस्थामा पनि पार्टीलाई स्थापित गर्न लागिपरेको भन्दै विज्ञप्तिमा लेखेका छन्, ‘पार्टीलाई विधि र प्रद्धतिमा अगाडि बढाउन प्रयास गरिरहेँ। वास्तवमा मेरो तीन दशक लामो राजनीतिक यात्रामा मैले कमाएको सम्पत्ति भनेको इमान्दारिता, नैतिकता र जनताको स्नेह नै हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell