PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

अस्पतालमा पनि हप्तामा दुई दिन बिदा?



रासस

अस्पतालमा पनि हप्तामा दुई दिन बिदा?

काठमाडौँ : सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरेको हो।

मन्त्रालयका डा रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराए।

'सरकारले गरेको निर्णयानुसार अस्पतालमा पनि दुई दिन बिदा हुन्छ,' उनले भने, 'तर पनि हामीले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अन्य वैकल्पिक उपायबारे पनि छलफल गरिरहेका छौं।'

अस्पतालमा दुई दिन बिदा दिँदा खुलेको दिन बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ। सचिव डा पोखरेलले आकस्मिक सेवालाई भने व्यवस्थित बनाइने बताए। सरकारले जेठदेखि सरकारी कार्यालय बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell