PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

पुरुषले धेरै राज गरे लछारपाटो लगाउन सकेनन्, अब महिलालाई अवसर छ : प्रचण्ड



पहिलोपोस्ट

पुरुषले धेरै राज गरे लछारपाटो लगाउन सकेनन्, अब महिलालाई अवसर छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा महिलाहरु अघि बढेको देखेर खुशी लागेको बताएका छन्।

आज शान्तिबाटिकमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले काठमाडौं र भरतपुर महानगरमा दुई महिला प्रत्यासी भएको भन्दै अब महिललाई जिताउन पर्ने बताएका हुन्। काठमाडौं महानगरमा गठबन्धनबाट सिर्जना सिंह र भरतपुर महानगरमा रेनु दाहाल प्रमुख पदमा प्रत्यासी छन्। 

‘खुशी लागेको छ। हिजो भरतपुरमा महिला प्रत्यासीको पक्षमा शीर्ष नेताले अपिल गरे। आज राजधानीमा अर्को महिलाको प्रत्यासीका लागि अपिल। यो खुशीको कुरा हो,’ उनले भने, ‘उहाँहरुलाई विजयी गराउनु भनेको परिवर्तनलाई विजयी गराउनु हो।’

तर, महिला उठेको ठाउँमा नकरात्मक कुरा फैलाउने व्यक्तिहरु धेरै भएको उनले सुनाए।

‘केहीले नकारात्मक टिप्पणी नगरेको होइन। छोरी बुहारी भनेर केही मानिसले महिलालाई अपमानित गरेका छन्। त्यो नकरात्मक प्रवृत्तिको म विरोध गर्छु,’ उनले भने।

प्रचण्डले पुरुषहरुले धेरै राज गरेको भन्दै अब महिलाहरुलाई अवसर दिने दिन आएको बताए। महिला कार्यकारी भएको ठाउँमा राम्रो काम हुने गरेको समेत उनले बताए।

‘महिला जहाँ कार्यकारी भूमिकामा छन् त्यहाँ राम्रो काम भएको छ। पुरुषहरुले धेरै राज गर्‍यौं। खासै लछारपाटो लगाउन सकेनौं। अब महिलालाई मौका दिनुपर्छ,’ प्रचण्डले भने।

काठमाडौं ऐतिहासिक र सम्पदाको हिसाबमा वैभवशाली भए पनि धेरै काम गर्न बाँकी रहेको उनले बताए। सुशासन भष्टाचारको मुक्त काठमाडौं भनेर गर्व गर्न नसकिएको उनको मत थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell