PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

निर्वाचनलाई 'ब्याटल' भन्दै प्रचण्डले भने : ओलीलाई नायक भनेको त खलनायक भएर निस्के



पहिलोपोस्ट

निर्वाचनलाई 'ब्याटल' भन्दै प्रचण्डले भने : ओलीलाई नायक भनेको त खलनायक भएर निस्के

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूले अघि बढाएर गल्ती गरेको बताएका छन्।

सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीलाई नायकका रुपमा अघि बढाउन खोज्दा उनी खलनायक बनेको बताए।

‘केपी शर्मा ओलीलाई नायकको रुपमा आफूहरुले अघि बढाएको थियौं। उनी खलनायकका रुपमा देखिए,’ उनले भने।

अघिल्लो निर्वाचनमा कांग्रेससँगको एकतामा निर्वाचन लड्दा राम्रो परिणाम नआएपछि नै ओलीसँग एकता गरेको उनले बताए। कांग्रेस सभापति शेरबहादुर देउवालाई सोधेर नै वाम गठबन्धन बनाएको उनको दाबी थियो। तर त्यो गठबन्धन ओलीका कारण सफल हुन नसकेको उनले बताए। ओलीसँगको संघर्षमा आफू र माधव नेपाल सफल भएको दाबी गरे उनले।

‘हँसिया हथौडाले रुख र रुखले हँसिया हथौडामा भोट हाल्न गाह्रो भएछ। वामपन्थीको एकता गर्दा हँसिया हथौडामा भोट हाल्न सजिलो। तर वाम गठबन्धनबाट मैले देखेको सपना पूरा भएन,’ उनले भने।

आफूहरुले राष्ट्रियसभा र नेपाल बार एशोसिएनको निर्वाचनमा एकता देखाएको भन्दै अब पनि गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए।

‘संविधानविरोधी र संविधानको पक्षबिच आउने निर्वाचन ब्याटल हो। चुनाव चिह्नलाई सहज रुपमा लिन पर्छ। यो राष्ट्रको हितमा छ,’ प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell