PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

धर्मश्री बडी बिल्डिङ : युवाले प्रदर्शन गरे सुगठित शरीर

धर्मश्री बडी बिल्डिङ : युवाले प्रदर्शन गरे सुगठित शरीर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आजबाट सुरु भएको १६औँ धर्मश्री बडी बिल्डिङ प्रतियोगिता भोलि सकिँदैछ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी प्रतियोगिताको आज ‘प्रि–जजिङ राउन्ड’ हुँदैछ।

भोलि भने फाइनल चरणको प्रतियोगिता हुनेछ। प्रतियोगितामा चार सय प्रतिस्पर्धी रहेका छन्। उनीहरुले ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजीभन्दामाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक समूहमा पहिलो हुने प्रतियोगीहरूबिच अन्तिम प्रतिस्पर्धा हुनेछ। जसमा विजयी हुनेले धर्मश्रीको उपाधिसहित सम्मान र नगद पुरस्कार पाउनेछन्।

प्रतियोगिताको विजेताले १० लाख पाउनेछन् भने उपविजेताले पाँच लाख र तेस्रो हुनेले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, चौथो हुनेले एक लाख ५० हजार, पाँचौँले एक लाख, छैटौँले ९० हजार र सातौँले ८० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

नेपाल व्यायाम मन्दिरले शहीद धर्मभक्त माथेमाको सम्झनामा आयोजना गर्दै आइरहेको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता यसअघि कोभिड-१९ को कारण स्थगित भएको थियो|



ट्रेन्डिङ पोस्ट

Ncell