PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउने कुनै निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय



पहिलोपोस्ट

मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउने कुनै निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भएपनि आजसम्म त्यस्तो कुनै निर्णय नभएको स्पष्ट पारेको हो।

केहीदिन यता विभिन्न सञ्चारमाध्यमहरुमा बैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइने भनेर समाचार प्रकाशित भइरहेका छन्। तर, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले भने यस बारेमा हालसम्म मन्त्रालयबाट कुनै पनि निर्णय नभएको बताए।

सहप्रवक्ता अधिकारीले मत हाल्ने दिन सबैको ध्यान मतदानमा हुने भएकोले त्यो सम्भव नदेखिएको बताए। उनले मतदान केन्द्रमा खोप लगाउने व्यवस्थाका लागि धेरै व्यवस्थापन गर्नुपर्ने भएकोले त्यो सम्भव नदेखिएको बताए।

सहप्रवक्ता अधिकारीले मन्त्रालय चुनावलाई मध्यनजर गरेर त्यसभन्दा अगाडि सबै व्यक्तिहरुलाई खोप लगाउने कुराहरु कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरिरहको बताए।

सहप्रवक्ता अधिकारीले ने, ‘स्वास्थ्यकर्मीहरु नै मतदान केन्द्रमा खटिने भएको हुनाले खोप केन्द्र व्यवस्थापन गर्न अलि चुनौती हुन्छ। हामीले चुनावलाई मध्यनजर गरेर त्यसभन्दा अगाडि सबै व्यक्तिहरुलाई खोप लगाउने कुराहरु कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरेका छौँ।’

सहप्रवक्ता अधिकारीले सरकारको अहिलेको लक्ष्य मतदान भन्दा पछिका दिनहरुमा पनि खोप लगाउनु पर्ने व्यक्तिहरु विशेषतः एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरु, दोस्रो मात्रा लगाउनुपर्ने बेला भएकाहरु र तेस्रो मात्रा लगाउने बेला भएका व्यक्तिहरुलाई क्रमशः प्राथमिकतामा राखेर सबैलाई चाँडै खोपको दायरामा ल्याउने रहेको बताए। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell