PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

आयोगले निर्वाचन अधिकृतलाई भन्यो : राजनीतिक दलको खर्चबारे गोप्य रिपोर्टिङ गर्नू



पहिलोपोस्ट

आयोगले निर्वाचन अधिकृतलाई भन्यो : राजनीतिक दलको खर्चबारे गोप्य रिपोर्टिङ गर्नू

काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दलका उम्मेदवारले चुनावका बेलामा गर्ने खर्चको सूक्ष्म अनुगमन गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ। आयोगले शुक्रवार विज्ञप्ति जारी गर्दै दलहरुको प्रचारप्रसारको अनुगमन गर्न निर्देशन दिएको हो।

दलहरुको खर्चको गोप्य रुपमा आयोगमा सूचना पठाउन आयोगले भनेको छ।

‘निर्वाचन प्रचारप्रसारका सम्बन्धमा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म अनुगमन गरी वा गर्न लगाई खर्च विवरण अनुगमन गर्न सकिने भएमा सो समेत गरी मतदान हुने दिन अघि नै गोप्य रुपमा आयोगमा पठाउन मुख्य निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ,’ विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell