PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सुदूरपश्चिममा सबैभन्दा कम र वाग्मतीमा सबैभन्दा बढी महिलाले दिए स्थानीय तह प्रमुखमा उम्मेदवारी, अरु प्रदेशमा कति?



पहिलोपोस्ट

सुदूरपश्चिममा सबैभन्दा कम र वाग्मतीमा सबैभन्दा बढी महिलाले दिए स्थानीय तह प्रमुखमा उम्मेदवारी, अरु प्रदेशमा कति?
फाइल फोटो

काठमाडौँ: स्थानीय तह निर्वाचनका लागि प्रमुख/अध्यक्ष पदका लागि महिलाको सबैभन्दा कम उम्मेदवारी सुदूरपश्चिममा परेको छ।

प्रमुखमा १३ जना र अध्यक्षमा ५ जना गरी जम्मा १८ जना महिलाले मात्रै स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारी दिएका हुन्। महिलाहरुले प्रमुख/अध्यक्षका लागि सबैभन्दा बढी उम्मेदवारी मधेश प्रदेशबाट दिएका छन्। प्रमुखमा ५४ र अध्यक्षमा ३७ जना गरी ९१ जना महिला नेतृत्वका लागि उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। 

यस्तै, वग्मती प्रदेशमा ८४ जना महिलाले प्रमुख/अध्यक्षका लागि उम्मेदवारी दिएका छन्। प्रमुखका लागि ५९ जना र अध्यक्षका लागि २५ जनाको उम्मेदवारी परेको हो। प्रदेश नम्वर १ मा २७ जनाले प्रमुखका लागि र २६ जनाले अध्यक्षमा गरी ५३ जनाले उम्मेदवारी दिएका छन्।

गण्डकीमा १८ प्रमुख र २५ अध्यक्षमा गरी ४३ जनाको उम्मेदवारी परेको छ। लुम्बिनीमा ४९ जनाले प्रमुखमा र २६ जनाले अध्यक्षमा गरी ७५ जनाले उम्मेदवारी दिएका छन्। कर्णालीमा ९ जनाले प्रमुखका लागि र ११ जनाले अध्यक्षका लागि गरि जम्मा २० जनाको उम्मेदवारी परेको हो। 
निर्वाचन आयोगका अनुसार १ लाख ४५ हजार १० जनाले स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिएका छन्।

सबैभन्दा बढी उम्मेदवार मधेश प्रदेशमा ४० हजार ९ सय २४ जना छन्। यस्तै सबैभन्दा कम उम्मेदवार गण्डकी प्रदेशमा १२ हजार ९ जना मात्रै छन्। प्रदेश १ मा २१ हजार ५ सय २२, वाग्मतीमा २२ हजार ६ सय ६५, लुम्बिनीमा २२ हजार ४ सय २६, कर्णालीमा १२ हजार ५ सय ९६ र सुदूरपश्चिममा १२ हजार ८ सय ६८ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell