PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

रोकिएनन् आरजुका विवादास्पद अभिव्यक्तिका शृङ्खलाः बजेट नदिने चेतावनीपछि मतदातालाई मलेसिया पठाउने ‘स्किम’



पहिलोपोस्ट

रोकिएनन् आरजुका विवादास्पद अभिव्यक्तिका शृङ्खलाः बजेट नदिने चेतावनीपछि मतदातालाई मलेसिया पठाउने ‘स्किम’

कैलालीः प्रधानमन्त्रीपत्नी एवं कांग्रेस नेतृ आरजु राण देउवा यतिबेला चुनाव प्रचारका क्रममा सुदूरपश्चिम प्रदेशमा छिन्। गृहजिल्ला डडेल्धुरालगायतका क्षेत्रमा चुनावी अभियानमा सक्रिय उनी आफ्ना अभिव्यक्तिका कारण पनि चर्चामा छिन्।

कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नपठाउने उद्घोष गरिसकेकी उनले शुक्रबारको एक कार्यक्रममा फेरि उनले मतदातालाई मलेसिया पठाउने स्किम सार्वजनिक गरेकी छन्। त्यो पनि छानिएका ५/६ जनालाई मात्र।

धनगढीको एक वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै ५/६ जना युवालाई निःशुल्क मलेसिया पठाइदिने उनले बताएकी छन्। चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले भनिन्, ‘यो वडामा दुःख पाएर पढ्न नपाएका कसैका छोराछोरी भए १÷२ जनालाई मैले पढाउने कोसिस गर्छु र त्यस्तै मलेसिया जानलाई कसैले मलाइ कोटा दिन्छु भनेको छ। फ्रि भिसा र टिकटको भनेको यहाँबाट काठमाडौँ जानलाई समेत पैसा पर्दैन। धेरैलाई त हामी सक्दैनौँ। त्यसको पनि केही मापदण्ड हुन्छ। तर निर्वाचन सकिएपछि यो वडाबाट केही न केही मान्छेलाई रोजगारी दिने बाटोतिर हामी उन्मुख हुन्छौँ र ५र६ जनालाई मलेसिया पठाउन सक्छौँ।’

यति भनेपछि उनले स्वदेशमै रोजगारी दिने समेत बताइन्।

तर यहाँ रोजगारी दिन भने आफूहरूसँग कुनै स्पष्ट योजना भने नरहेको बताइन्।

‘यहीँ नै रोजगारी सिर्जना हुने काम के ल्याउन सकिन्छ। म अहिले यही नै काम ल्याउँछु भनेर त भन्न सक्दिनँ। किनकि अहिले हामीले त्यो तर्फ योजना बनाएका छैनौँ। तर हामीले त्यो तर्फ योजना बनायौँ भने केही न केही काम गर्न सक्छौँ,’ उनले भनिन्।

उनले आफूले भनेको बाचा पूरा गर्ने प्रतिबद्धता समेत जनाइन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell