
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स तालिकाको पुछारमा रहेको मुम्बइ इण्डियन्ससँग पराजित भएको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न मुम्बइले ५ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। मुम्बइका लागि ओपनर इशान किसनले ४५ र रोहित शर्माले ४३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। त्यस्तै तिलक वर्माले २१ र सूर्यकुमार यादवले १३ रन बनाउँदा टिम डेभिड ४४ रनमा अविजित रहे।
बलिङतर्फ गुजरातका राशिद खानले सर्वाधिक २ विकेट लिँदा अल्जरी जोशेफ, लोकी फर्ग्युसन र प्रदीप सनग्वनले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गुजरात १७२ रनमा समेटियो। गुजरातका लागि ओपनर ऋद्धिमान साह र शुभमन गिलले सानदार सुरुवात दिलाउँदै क्रमश ५५ र ५२ रन बनाए। त्यस्तै कप्तान हार्दिक पाण्ड्याले २४, साइ सुदर्शनले १४ तथा डेभिड मिलरले अविजित १९ रन बनाए।
गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन मुरुगन अश्विनले २ तथा किइरन पोलार्डले १ विकेट लिए।
जितका बावजुत १० खेलबाट ४ अंक जोडेको मुम्बइ तालिकाको पुछारमा छ भने हारका बावजुत ११ खेलबाट १६ अंक जोडेको गुजार शीर्षस्थानमा कायम छ।