PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

नेपालले टस जित्यो, जिम्बावे ब्याटिङमा



पहिलोपोस्ट

नेपालले टस जित्यो, जिम्बावे ब्याटिङमा
फाइल फोटो: क्यान

काठमाडौं: नेपाली क्रिकेट टोलीले एकदिवसीय अभ्यास सिरिज अन्तर्गत आज जिम्बावेसँग खेल्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर जिम्बावेलाई ब्याटिङको निम्ता दिएको छ।

शुक्रवार तीन खेलको सिरिजको पहिलो खेलमा पराजय ब्यहोरेको नेपाली टोलीले आज दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ।

टीयू क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाल ३ विकेटले पराजित भएको थियो। सिरिजको तेस्रो खेल सोमवार हुनेछ।

यसअघि सम्पन्न टी २० सिरिजमा जिम्वावे र नेपालले समान १ खेल जित्दा एउटा खेल वर्षादका कारण नतिजाविहीन भएको थियो। र, सिरिज १-१ को बराबरीमा टुंगिएको थियो।

नेपाली टिम

सन्दीप लामिछाने, मोहम्मद आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, मोहम्मद आरिफ शेख, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell