PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिएका दुई वटा गाडीमा आगजनी



पहिलोपोस्ट

निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिएका दुई वटा गाडीमा आगजनी

सुर्खेत: निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिएका दुई वटा गाडीमा बैशाख २३ गते राती आगजनी भएको छ। वीरेन्द्रनगर ६ जुम्लारोडस्थित रोकी राखेको अवस्थामा अज्ञात समूहले आगजनी गरेको हो।

गठबन्धन दल नेकपा माओवादी केन्द्रले प्रयोग गर्दै आएको बा १४ च ६८३१ नम्बरको स्कार्पियोमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पदमबहादुर विष्टले जानकारी दिए। उक्त गाडी वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार शान्ति ढकालले प्रयोग गर्दै आएकी थिइन्।

त्यस्तै, नेकपा एमालेले चुनावी अभियानमा प्रयोग गर्दै आएको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको छ। मध्य रात करिव एक बजेतिर आगजनी भएको स्कार्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ । मिनीबसमा भने सिसा र भित्र सिटहरुमा क्षति पुगेको छ ।

आगजनी गर्ने समूहको खोजी भइरहेको र घटनामा संलग्न आंशकामा पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell