PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

जिम्बावे 'ए' को फितलो ब्याटिङ, समेटियो ८७ रनमा



पहिलोपोस्ट

जिम्बावे 'ए' को फितलो ब्याटिङ, समेटियो ८७ रनमा
फाइल फोटो: क्यान

काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको एकदिवसीय अभ्यास सिरिजको दोस्रो खेलमा जिम्बावेले कमजोर सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङ गरेको जिम्बावे ३१.५ ओभरमा ८७ रनमा समेटिएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले पहिलो बलबाटै विकेट गुमाउन सुरु गरेको थियो। जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाउँदा ब्राड इभान्सले अविजित २० रन बनाए। त्यस्तै सेफाज झुवाओले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत छुन सकेनन्।

बलिङतर्फ नेपालका करण केसी र सोमपाल कामीले समान ३ विकेट लिँदा सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell