PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बिवाहमा मोटरसाइकल दाइजो माग्‍ने बेहुला 'डेबिट' समातिए



पहिलोपोस्ट

बिवाहमा मोटरसाइकल दाइजो माग्‍ने बेहुला 'डेबिट' समातिए

काठमाडौं : बिवाहमा दाइजो मागेको अभियोगमा प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले झापा गाउँपालिका वडा नम्बर ४ बस्ने विशेश्वर चौधरीको छोरा २८ वर्षीय डेबिट चौधरीलाई नियन्त्रणत्मा लिएको हो।शुक्रवार झापा मेचीनगर नगरपालिका वडा नम्बर १५ बस्ने पुष्पलाल राजवंशीको छोरीको बिवाहमा डेबिट चौधरीले दाइजोमा मोटरसाइकल नदिएको भनी विवाद गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

बेहुलीका बुवा पुष्पलाल राजवंशीले बेहुलालाई विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा जाहेरी दर्खास्त दिएका थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell