PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

जिम्बावे 'ए' माथि नेपालको फराकिलो जित



पहिलोपोस्ट

जिम्बावे 'ए' माथि नेपालको फराकिलो जित
Photo: CAN

काठमाडौं: नेपाली क्रिकेट टोलीले जिम्बावे 'ए' सँगको एकदिवसीय अभ्यास सिरिजको दोस्रो खेलमा जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बावेमाथि ९ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले फितलो ब्याटिङ गर्दै ३१.५ ओभरमा अलआउट हुँदै ८७ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १ विकेटको क्षतिमा ११.२ ओभरमा लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको जिम्बावेले पहिलो बलबाटै विकेट गुमाउन सुरु गरेको थियो। जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाउँदा ब्राड इभान्सले अविजित २० रन बनाए। त्यस्तै सेफाज झुवाओले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत छुन सकेनन्।

बलिङतर्फ नेपालका करण केसी र सोमपाल कामीले समान ३ विकेट लिँदा सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ३८ रन बनाउँदा आशिफ शेखले ३४ र बिनोद भण्डारीले ४ रन जोडे। बलिङतर्फ ब्रान्डोन मभुताले एक विकेट लिए।

नेपाल र जिम्बावेबीचको सिरिजको तेस्रो र निर्णायक खेलमा सोमवार हुनेछ। पहिलो खेलमा जिम्बावेले नेपालमाथि ३ विकेटको जित निकालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell