PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

१४ जना सङ्क्रमित थपिए, मृत्यु सङ्ख्या शून्य



पहिलोपोस्ट

१४ जना सङ्क्रमित थपिए, मृत्यु सङ्ख्या शून्य

काठमाडौँः पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार  २ हजार ७ सय १६ जनामा परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टी भएको हो। सोही अवधिमा १६ जना कोरोना मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या २ सय ५ रहेको छ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ। अहिलेसम्म देशभर ११ हजार ९ सय ५२ जनाको सङ्क्रमणको कारण मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell