PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नमुना मतदान भइरहँदा जब मतपेटिका नै लुटियो …

नमुना मतदान भइरहँदा जब मतपेटिका नै लुटियो …

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : शनिवार निर्वाचन आयोगले राष्ट्रिय सभागृहमा नमुना मतदान कार्यक्रम तय गरेको थियो। दिउँसो २ बजेबाट सभागृहको प्रांगणनमा मतदान शुरु भयो। 

महिला पुरुष बेग्लाबेग्लै लाइनमा लागेर मतदान शुरु भयो। वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो। मतदाता नमुना परिचयपत्र देखाएर मात्र प्रवेश पाउँथे मतदाताले। निर्वाचनका लागि म्यादी प्रहरी पनि खटिएका थिए। 

मतपत्रमा छाप लगाउने एउटा र मतपेटिका पनि एउटा मात्र थियो। धमाधम मतदान चलिरहेकै बेला साढे दुई बजेतिर मतपेटिका भएको ठाउँमा एकजना व्यक्ति फुत्त पुगे। मास्क, सेतो सर्ट र कालो पाइन्ट लगाएका ती व्यक्ति झटपट मतपेटिका उचालेर दौडिहाले। 

प्रहरी र म्यादी एकैछिन अल्मलिए। अरु अक्मकिए। तर, केही पर पुग्न नपाउँदै प्रहरीको फन्दामा परिहाले ती व्यक्ति। र, मतपेटिका प्रहरीको नियन्त्रणमा आयो। 

यहाँ पुगेका कतिपयले मतपेटिका त साँच्चिकै लुटियो भन्ठानेका थिए। तर, नमुना मतदानका क्रममा मतपेटिका लुटिनसक्ने  र यस्ता घटनाबाट कसरी बच्ने भनेर 'डेमो' देखाइएको निर्वाचन आयोगका अधिकारीले जानकारी दिए।

नमुना मतदान कार्यक्रममा मतदानका समयमा आउनसक्ने सम्भावित समस्याका साथै प्रक्रियाबारे अभ्याससमेत गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell