PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

जनकपुरमा बागीले जित्‍ने रेकर्ड छ, यो तोड्नुपर्छ यस पटक : रामचन्द्र पौडेल



पहिलोपोस्ट

जनकपुरमा बागीले जित्‍ने रेकर्ड छ, यो तोड्नुपर्छ यस पटक : रामचन्द्र पौडेल
फाइल फोटो

जनकपुरधाम : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनकपुरमा यसपटक  गठबन्धनका उम्मेदवारलाई जिताएर नयाँ रेकर्ड राख्नुपर्ने बताएका छन्। जनकपुरमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।

‘जनकपुरमा बेलाबेला बागीले जित्‍ने रेकर्ड छ। यो रेकर्ड तोड्नुपर्छ यसपटक,’ पौडे‍लले भने।  

जनकको जन्मभूमि, सीताको जन्मभूमि यो जनकपुर भएको शान्तिभूमि र क्रान्तिभूमि भएको पौडेलले बताए। 'राजा महेन्द्रमाथि बम हान्न सक्ने जनकपुर। यो शान्तिभूमि पनि हो। यो क्रान्तिभूमि  पनि हो,’ उनले भने। पौडेलले छाता चिन्ह सबैको साझा भएको उल्लेख गर्दै मेयरमा छाता चिन्हमा मत हाल्न आह्वान गरे।

‘छाता चिन्ह पनि हामी सबैको हो अहिले। छातामा मेयरलाई रुखमा उपमेयरलाई मत हालेर जिताउनुपर्छ। वडामा हँसिया हतौडाको उम्मेदवार छन्। कतै कलमका उम्मेदवार छन्,’ पौडेलले भने। 

जनकपुरमा गठबन्धनका तर्फबाट मेयरमा जनता समाजवादी पार्टीका लालकिशोर साह उम्मेदवार रहेका छन् भने उपमेयरमा कांग्रेसकी किशोरी साह उम्मेदवार छिन्।

पौडेलले अब  पार्टीमा अन्तर्घात नचल्ने उद्घोषसमेत गरे। ‘अरु साथीहरु लप्पनछप्पन गर्छन्। यस्तो पार्टीभित्र अन्तर्घात चल्न पाइदैन। गठबन्धनका साथीहरुलाई सहयोग गरी जिताउनुस्,’ उनले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell