PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

बार्सिलोनाको जित, च्याम्पियन्स लिगमा स्थान पक्का



पहिलोपोस्ट

बार्सिलोनाको जित, च्याम्पियन्स लिगमा स्थान पक्का
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसमाथि जित निकालेको छ। बेनिटो भिल्लामारिन स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली रियल बेटिसमाथि २-१ गोलअन्तरको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७६ औं मिनेटमा जोर्डी अल्बाको पासमा अंशु फाटीले गोल गर्दा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। तर, त्यसको तीन मिनेट नबित्दै घरेलु टोलीका मार्क बर्ट्राले गोल गर्दै खेल बराबरीमा ल्याए। तर, इन्ज्युरी समयमा ड्यानी अल्भेसको पासमा जोर्डी अल्बाले गोल गर्दै खेल आफ्नो पक्षमा २-१ गोलअन्तरले ल्याए।

जितसँगै बार्सलोनाले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। बार्सिलोना ३५ खेलबाट ६९ अंक जोड्दै तालिकाको दोस्रो स्थानामा छ। तेस्रो स्थानमा रहेको सेभियाको ६४ अंक छ। लालिगाको शीर्षस्थानमा भने च्याम्पियन बनिसकेको रियल मड्रिड छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell