
काठमाडौ: पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझदेखि सडक अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान साढे ५ बजेबाट सञ्चालनमा आएको हो। नारायणगढ मुग्लिन सडक खण्ड बिहान सवा ४ बजे अबरुद हटेको थियो। तर, ५ बजे पुन पहिरोको सानो ढिस्को खसि बाटो अवरोध भएको थियो। उक्त माटोको ढिस्को पन्छाएर साढे ५ बजेबाट बाटो खुलेको भएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो। पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।