PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सार्वजनिक स्थानमा आफ्नो अनुहार ढाक्न महिलालाई तालिवानको निर्देशन, उल्लंङ्घन गरे पुरुष अभिभावकलाई जेल या सरकारी जागिरबाट निस्कासन



पहिलोपोस्ट

सार्वजनिक स्थानमा आफ्नो अनुहार ढाक्न महिलालाई तालिवानको निर्देशन, उल्लंङ्घन गरे पुरुष अभिभावकलाई जेल या सरकारी जागिरबाट निस्कासन
Photo: Ahmad Sahel Arman/AFP

तालिवानले शनिवार महिलाहरुका लागि नयाँ नियम जारी गरेका छ। जस अन्तर्गत महिलाहरुले सार्वजनिक स्थानमा आफ्नो अनुहार ढाक्नुपर्नेछ। यदि महिलाले यो नियम उल्लंङघन गरेको खण्डमा ती महिलाको बुवा, श्रीमान या नजिकको पुरुष आफन्तलाई जेलमा हालिनेछ या सरकारी जागिर भए निकालिने छ।

तालिवानका प्रवक्ताले काबुलमा पत्रकार सम्मेलन गर्दै तालिवानी नेता हिबातुल्लाह अखुंदजादाको यो आदेश पढेर सुनाएका थिए। यो आदेशमा अनुहार ढाक्नका लागि निलो रंगको बुर्का सबैभन्दा उपयुक्त हुने बताइएको छ।

'उनीहरूले चाडोरी (टाउको देखि पाउ सम्म बुर्का) लगाउनु पर्छ किनकि यो परम्परागत र सम्मानजनक छ,' तालिबान प्रमुख हैबतुल्लाह अखुन्जादाले शनिबार काबुलको एक समारोहमा अधिकारीहरूले जारी गरेको आदेशमा भने।

छात्राहरुलाई विद्यालय जान रोक

सन् २०२१ को अगस्टमा अफगानिस्तानको शासनमा आएपछि तालिवानले शिक्षा प्रणालीमा पनि परिवर्तन गरेको थियो। जसअन्तर्गत माध्यमिक तहमा पढ्ने छात्राहरुलाई विद्यालय जान रोक लगाएको थियो। पछि फेरि विद्यालय जान अनुमति दिएको थियो। तर, फेरि त्यो निर्णयलाई एकपटक उल्टाउँदै छात्राहरुलाई विद्यलय जान रोक लगाउने भएको छ।

त्यस्तै छात्र र छात्राहरुलाई एकैस्थानमा पढ्न रोक लगाइएको छ भने महिलाहरुलाई एक्लै हवाइ यात्रामा निस्कन पनि रोक लगाएको छ। त्यस्तै तालिवानले ड्राइभिङ लाइसेन्स पनि महिलालाई जारी नगर्न निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell