PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी र म्यादी प्रहरीको मृत्यु भएमा आश्रित परिवारले २० लाख रुपैयाँ पाउने



पहिलोपोस्ट

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी र म्यादी प्रहरीको मृत्यु भएमा आश्रित परिवारले २० लाख रुपैयाँ पाउने

काठमाडौंः सरकारले स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरको हो। उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणले मन्त्रिपरिषदमा लागेका थिए।

‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई बीस लाख आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रीपरिषद् बैठकको निर्णयमा भनिएको छ। 

त्यस्तै बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ।

बैंठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell