PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

साराले छाडेपछि 'हनी बनी' मा जसिताको इन्ट्री



पहिलोपोस्ट

साराले छाडेपछि 'हनी बनी' मा जसिताको इन्ट्री

काठमाडौं : फिल्म 'हनी बनी' मा अभिनेत्री जसिता गुरूङ अनुबन्धित भएकी छिन्। निर्देशक दिवाकर भट्टराईले जसितासँग सम्झौता भइसकेको जानकारी दिएका छन्।

यसअघि फिल्मको मुख्य भूमिकामा अनमोल केसी र सारा सिर्पाइली देखिने पक्का भएको थियो। तर उनीहरू फिल्मबाट बाहिरिएसँगै साराको सट्टामा जसिताको इन्ट्री भएको हो। मुख्य अभिनेत्री पक्का भए पनि मुख्य अभिनेताको भने टुंगो लाग्न सकेको छैन्।

रोमान्टिक कमेडी जनरामा निर्माण हुने फिल्मको कथा भट्टराई स्वयंले लेखेका हुन्। एबी इन्टरनेशनल ब्यानरमा बन्न लागेको फिल्मका निर्माता अमित बस्नेत, अजित केआर थापा र परी राना हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell