PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

ओलीको आरोप : कांग्रेसले संसदलाई कुल्चियो, बन्धक बनायो



पहिलोपोस्ट

ओलीको आरोप : कांग्रेसले संसदलाई कुल्चियो, बन्धक बनायो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्रै राष्ट्रियताको पहरेदारी गर्ने दल भएको दावी गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले एमालेले नेपाललाई विश्वकै विकास र सर्वसुलभ देश बनाउन चाहेको बताए।

'समृद्ध नेपाल सुखी नेपाली बनाउने हाम्रो ध्येय हो। राष्ट्रिय गन्तव तय गरेर अघि बढेमात्रै साकार पार्न सकिन्छ। त्यसका लागि गतिशील संगठन चाहिन्छ,' ओलीले भने। ओलीले विकासका लागि राष्ट्रिय संकल्पको कार्यान्वयन गर्न भिजनरी राष्ट्रिय शक्ति आवश्यक भएको बताएका छन्। एमालेमा मात्रै आँट र संकल्प भएको ओलीको भनाइ छ।

उनले जहिले एमाले जनताको पक्षमा उभिने पार्टी भएको दाबी गरे।

'संविधानवादको अभ्यास गर्दा सदा सर्वदा नेपाली जनताको पक्षमा उभिने छौं। त्यतिमात्र होइन समानता र सहिसुष्णतामा आधारित काम गर्छौ। राष्ट्रिय एकतालाई मतजवुत बनाउछौं,' उनले भने।

राष्ट्रिय एकताको पहरेदारी एमालेले मात्रै गरेको ओलीको भनाइ छ। स्थानीय तहलाई स्वायत्त गर्न एमालेले नै नेृत्व गरेको ओलीले बताए।

कांग्रेसलाई ओलीले संसदलाई कुल्चिएको र राजनीतिक निर्णय गर्नबाट बन्चित गराएको आरोप लगाए। भने, 'कांग्रेसले संसदको मुल्य मान्यतालाई कुल्चियो। संसदलाई राजनीतिक निर्णय हुने थलो हुन नदिइ बन्धक बनायो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell