PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

भोजपुरमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार



रासस

भोजपुरमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर : भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ।

षडानन्द नगरपालिका-१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell