PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुनव्वर फारूकी बने रियालिटी शो ‘लक अप’को विजेता



पहिलोपोस्ट

मुनव्वर फारूकी बने रियालिटी शो ‘लक अप’को विजेता

मुनव्वर फारूकी रियालिटी शो ‘लक अप’का विजेता बनेका छन्। शनिवार राति भएको ग्राण्ड फिनालेमा कंगना रनौतले विजेताको नाम घोषणा गरेकी हुन्।

फिनालेमा मुनव्वरका साथै अञ्जली अरोरा, पायल रोहतगी र शिवम पुगेका थिए। तर, सबैलाई पछि पार्दैँ मुनव्वर ७० दिनको संघर्षपछि ‘लक अप’का विजेता बन्न सफल भए।

‘लक अप’का विजेता बनेका फारूकी स्ट्यान्डअप कमेडियन समेत हुन्। उनले शोमा आफ्नो निजी जीवनका किस्साहरू सुनाएर दर्शकको दिल जितेका थिए।

विजेता बनेसँगै उनले ट्रफीसहित २० लाख नगद रूपैयाँ पुरस्कार, एर्टिगा गाडी र इटाली टुरमा जाने मौका पनि पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell