PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

रणवीर र आलियाको ‘ब्रह्मास्त्र’ डिज्नीको ग्लोबल रिलिज क्यालेन्डरमा समावेश हुने पहिलो भारतीय फिल्म



पहिलोपोस्ट

रणवीर र आलियाको ‘ब्रह्मास्त्र’ डिज्नीको ग्लोबल रिलिज क्यालेन्डरमा समावेश हुने पहिलो भारतीय फिल्म

रणवीर कपूर र आलिया भट्ट अभिनित बलिउड फिल्म ‘ब्रह्मास्त्र’ले नयाँ रेकर्ड कायम गरेको छ। वाल्ट डिज्नी स्टुडियो पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा समावेश भएर यस फिल्मले भारतमा इतिहास रचेको छ।

डिज्नीको ग्लोबल रिलिज क्यालेन्डरमा समावेश हुने यो भारतको पहिलो फिल्म बनेको छ। हलिउडतर्फ भने यस क्यालेन्डरमा जेम्स क्यामरूनको ‘अवतार : द वे अफ वाटर’, ‘थोर : लभ एण्ड थण्डर’, ‘ब्ल्याक प्यान्थर : वकाण्डा फरेभर’ जस्ता फिल्महरूको दबदबा छ।

करण जोहरको धर्म प्रोडक्सनद्वारा निर्माण गरिएको फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका हुन्। फिल्ममा रणवीर र आलियाका साथै अमिताभ बच्चन, नागार्जुन, मौनी रायको अभियन रहनेछ। यसै फिल्ममार्फत ‘रियल लाइफ कपल’ रणवीर र आलियाले एकसाथ पर्दा सेयर गरेका हुन्।

यो फिल्म आगामी ९ सेप्टेम्बर (भदौ २४) मा रिलिज हुने समेत पक्का भएको छ। ‘ब्रह्मास्त्र’ हिन्दीका साथै तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell