PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

स्थानीय तहको निर्वाचनका दिन आन्तरिक उडान बन्द हुने, अन्तर्राष्ट्रिय उडान भने यथावत



पहिलोपोस्ट

स्थानीय तहको निर्वाचनका दिन आन्तरिक उडान बन्द हुने, अन्तर्राष्ट्रिय उडान भने यथावत

काठमाडौं : स्थानीय तहको निर्वाचनका दिन सबै आन्तरिक वायु सेवा कम्पनीहरुको सेवा बन्द हुने भएको छ।

वायु सेवा संचालक संघले आइतबार विज्ञप्ति जारी गर्दै शुक्रबार सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो। स्थानीय तह निर्वाचन आगामी शुक्रबार (वैशाख ३० गते) हुँदैछ।

सो दिन सरकारले पनि सार्वजनिक बिदा दिने तयारी गरिरहेको छ। उक्त दिन सबै खालका यातायात सेवा पनि बन्द हुनेछ।

'स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९' बमोजिम हवाई सेवा बन्द हुन लागेको हो। यद्यपि अन्तर्राष्ट्रिय उडान भने यथावत रहने छ।

मुलुकभित्र मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनका उडान भने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell