PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

ओलीमाथि माधवको कटाक्ष : बयलगाढा दर्शनको प्रवर्तक, दम्भ देखाए कांग्रेसको हालत ओलीको जस्तै हुने चेतावनी



पहिलोपोस्ट

ओलीमाथि माधवको कटाक्ष : बयलगाढा दर्शनको प्रवर्तक, दम्भ देखाए कांग्रेसको हालत ओलीको जस्तै हुने चेतावनी

पोखरा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयलगाढा दर्शनको प्रवर्तक भएको आरोप लगाएका छन्। पोखरामा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले राजाको शासन ढाल्नै नसक्ने बताउने ओली नै गणतन्त्र नेपालको प्रधानमन्त्री बन्नु बिडम्बना भएको तर्क गरे।

'बयलगाढा दर्शनको प्रवर्तक बयलगाढा चढेर अमेरिका जानु र आन्दोलन गरेर ज्ञानेन्द्रको शासन ढाल्नु र गणतन्त्र ल्याउनु उस्तै हो भन्ने कुन मुखले आफूलाई प्रस्तुत गर्छन्,' नेपालले भने, 'टाउको फोडे पनि राजाको शासनलाई ढाल्न सकिदैन भन्ने गणतन्त्र नेपालको प्रधानमन्त्री बने। बिडम्बना छ।' 

स्थानीय निर्वाचनमा दुई गठबन्धन रहेको उल्लेख गर्दै नेपालमा वाम लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको दोहोर्‍याए। 'एकातिर वाम लोकतान्त्रिक गठबन्धन छ। अर्कोतिर दक्षिणपन्थी गठबन्धन छ।  प्रतिगामी गठबन्धन छ। गणतन्त्र विरोधी गठबन्धन छ। दुईदुई पटक संसद विघटन गरेको छ,' उनले भने।

पोखरा महानगरमा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य मेयरका उम्मेदवार छन् भने कांग्रेसकी कोपिला रानाभाट उपमेयरको उम्मेदवार छिन्।

नेपालले नेपाली कांग्रेसलाई पनि शक्तिको दम्भ नदेखाउन चेतावनी दिएका छन्।

'सरकार पनि  समयसमयमा मिलेरै बनाएका छौं। यसअघि पनि कांग्रेस र कम्युनिस्ट मिल्दै आएको थियो,' नेपालले भने, 'सबैलाई जानकारी होस्। कहिलेकही कम्युनिस्टमा दम्भ हुन्छ। कहिलेकही कांग्रेसमा दम्भ हुन्छ। हामी धेरै शक्तिशाली छौं। दम्भ नराख्नुस्। त्यही दम्भले केपीको विनाश गर्‍यो। दम्भ राख्नुभयो भने तपाईँको पनि बिनाशको बाटोबाहेक केही रहँदैन। सबैको शक्तिलाई स्विकार्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell