PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

एमालेले राजावादी गठबन्धनको नेतृत्व गरेको प्रचण्डको आरोप, भने : सत्ता गठबन्धन टुटाउने षड्यन्त्र चलिरहेकै छ



पहिलोपोस्ट

एमालेले राजावादी गठबन्धनको नेतृत्व गरेको प्रचण्डको आरोप, भने : सत्ता गठबन्धन टुटाउने षड्यन्त्र चलिरहेकै छ

पोखरा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पाँच दलीय गठबन्धन टुटाउने षड्यन्त्र अझै चलिरहेको आरोप लगाएका छन्। कास्कीमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन्।

‘यो गठबन्धन जन्मने दिनदेखि नै प्रतिक्रियावादीहरु लगातार टुटाउने प्रयासमा लागिरहेका छन्’, प्रचण्डले भने, ‘अहिलेको निर्वाचनमा पनि यो संविधान राष्ट्र र गणतन्त्रलाई रक्षा गर्ने गठबन्धनलाई विभाजित गर्ने कुनै न कुनै षड्यन्त्र चलिरहेकै छ।’

प्रदेश र संघीय निर्वाचनसम्म पनि गठबन्धनलाई लैजाने र विकास र नयाँ युगको शुरुवात गर्ने आफूहरुको प्रयास रहेको उनको भनाइ थियो।

‘एउटा ठूलो षड्यन्त्र लोकत्त्रको विरुद्ध, संघीयताको विरुद्ध हुँदै थियो। यो गठबन्धनविरुद्ध अर्को गठबन्धन राजावादीहरुकको गठबन्धन आएको छ। यसलाई परास्त गर्नु आवश्यक छ। अन्यथा देशमा फेरि राजनीतिक दुर्घटनाको खतरा छ,’ उनले भने।

‘म फेरि गम्भीर रुपमा भन्छु यो गठबन्धन राजनीति बचाउन जन्मिएको हो। यदि यो गठबन्धन दायाँबायाँ भयो भने राजनीतिक दुर्घटनामा जान सक्छ। त्यसकारण राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धनलाई सफल बनाउन अनुरोध गर्दछु,’ उनले थपे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell