4.jpg)
काठमाडौं : सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते अधिवेशन बोलाउन निर्णय गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ। जेठ ३ गते दिउँसो ४ बजे अधिवेशन बोलाउन सिफारिस भएको छ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसको कम्तीमा १५ दिनअघि नै प्रिबजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था छ।